Campus Chief’s Voice

परिचय

नेपालको संविधान २०७२ अनुसार ४ नं. प्रदेशको तनहुँ जिल्लाको भानु नगरपालिकाको वडा नं. ११ मानेचौकामा रहेको त्रिभुवन क्याम्पसको स्थापना वि.स. २०५६ मा भएको हो । यसको उत्तरतिर सधैभरी बहने नाउदी पाउदी खोलाको संगम रहेको छ भने उत्तरतर्फको सिमानाको रुपमा रहेका यी खोलाले लमजुङ र तनहुँको सिमानाको काम गरेका छन् । समशितोष्ण हावापानी रहेको यस स्थानमा हरेक प्रकारका बोटबिरुवा पाईन्छ । मनोरम हिमश्रङ्खला देखिने यो क्याम्पस समथर उपत्यकामा छ । यसको अगाडी पछाडी करिब ३÷३ हजारको अग्ला होचा पहाड छन् । जो कोही नयाँ मान्छे यहाँका प्राकृतिक मनोरम दृष्यबाट आकर्षित हुन्छन् । लमजुङ र तनहुँको बिचमा बहने नाउदी र पाउँदी खोलामा मानिस आवत जावत गर्ने टावरयुक्त पुल छ हालै मात्रगाडी चल्ने पक्की निर्माण कार्य सुरु भएको छ हिउदो र वर्षमा मोटर आवत जावत गर्ने कच्ची बाटो छ । वर्षमा कुनै मात्र २÷४ घण्टा खोलाले गाडी अवरुद्ध गरेता पनि प्राय गरी रोकिदैन । तनहुँको सदरमुकाम यहाँबाट ४०÷४५ कि.मी. को दुरीमा छ भने लमजुङको सदरमुकाम २०÷२५ कि.मी. को दुरीमा छ । तनहुँको भाग भएर आउने मोटर मार्ग छ यो बाटो कच्ची भएर भएता पनि वर्षामा पनि गाडी रोकिदैन । लमजुङबाट आएको मोटरमार्ग र तनहुँको मार्ग दुवैले यस क्याम्पसलाई छोएको छ । भारत सरकारको सहयोगमा निर्माण भएको क्याम्पसको आफ्नै सुविधा सम्पन्न भवन छ । सुरुको वर्षदेखि नै यस क्याम्पसमा शिक्षा संकाउ तर्फको स्नातक तहको पढाइ संचालन हुँदै आएको छ । त्यसै गरी स्नातक तहको शिक्षा विषयको तालिम वि.स. २०५९ देखि नै प्रदान गर्दै आएको यस क्याम्पसको संवन्धन पूर्वाञ्चल विश्वविद्यालयबाट प्राप्त भएको हो । यसले आवश्यक शिक्षक तालिम र स्नातक तह गरी करिब ६०० को जनशक्ति उत्पादन गरेको र विश्वविद्यालयको नतिजामा दुई पटक स्वर्ण पदक प्राप्त गरिसकेको छ ।

वर्तमान अवस्था

यस क्याम्पसको स्वमित्वमा २८ कोठे सुविधा सम्पन्न भवन छ । यो भवन तीन तलाको छ, भने हरेक तलामा महिला पुरुषको लागि शौचालयको व्यवस्थाको साथै पिउने पानीको पनि सुविधा रहेको छ । यो अति नै राम्रो नक्सामा वनेको भवन भारत सरकारको सहयोगमा वि.स मा सम्पन्न भएको थियो । खेल मैदान र कार्यक्रम हलको पनि व्यवस्था छ । क्याम्पसको नाममा करीव ७ रोपनी जग्गा पनि रहेको छ । त्यसैगरी पुस्ताकालय, कम्प्युटर र नेटको पनि सुविघा रहेको छ । नेपालमा शिक्षा विषयको आक्रर्षण घट्दै गएको सन्दर्भमा २÷४ वर्ष अघि जस्तो विद्यार्थी संख्याको चाप अहिले छैन । हालको चार वर्षे स्नातक तहको पाठ्यक्रम अनुसार प्रत्येक वर्षमा ३०÷३५ को दरमा विद्यार्थी संख्या छ । पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो समय तालिका अनुसार परीक्षा संचालन गर्दछ । यस क्याम्पसले शिक्षामा स्नातकोत्तर तह र स्नातकमा कृषि र वाणिज्यको कक्षा संचालनका लागि विश्वविद्यालयमा प्रस्ताव गरेकोछ । विश्वविद्यालय यस कार्यमा सकारात्मक छ । स्थानीय जनता क्याम्पसका अभिभावकहरुतर्फ आसावादी छन् भने रानैतिक र सामाजिक नेतृत्वको पनि सहयोग स्रहानीय छ । यसबाट उत्पादित जनशक्ति प्राय सरकारी र अर्धसरकारी क्षेत्रमा कार्यरत छन् । हरेक वर्षको नतिजा र अन्तिम नतिजामा ५०% भन्दा माथि छ । यस क्षेत्रमा अधिकांस विपन्न वर्ग विभिन्न जनजातिका परिवारले यहाँबाट गुणत्मक शिक्षा प्राप्त गर्न सकेका न् । त्यसैले यस क्याम्पस सबैको सरोकारको संस्था बनेको छ । यस क्षेत्रका शुभचिन्तक अभिभावकहरु यस क्याम्पसको प्रगति  चाहन्छ । यस अर्थमा यस क्याम्पसले आगामी दिनमा परिवर्तनशिल समयको गतिसँगै जनचाहना र जनउत्पादन हुने शिक्षा दिन सक्नु पर्दछ । बहुमुखी क्याम्पसको रुपमा यसलाई स्थापित गर्नु आजको आवश्यकता हो ।
आज लगभग क्याम्पस संचालन भएको १८ वर्ष पुगिसकेको अवस्था छ । देशको रानैतिक अस्थिरता अव बिस्तरै स्थिर अवस्थामा जादैछ । यस अघिको समयमा क्याम्पसलाई पनि त्यसको प्रभाव रह्यो । विभिन्न संकाय र विषय थप गर्ने क्याम्पसको लक्ष हुँदाहुँदै पनि त्यसलाई पुरा गर्न सकिएन । स्थानीय अभिभावक र विद्यार्थी शहरतिर स्थान्तरण हुन पुगे । विद्यार्थि संख्यामा मन्दता आयो । आम्दानीका स्रोत भनेको विद्यार्थीहरु हुन् । क्याम्पसले अवलम्बन गर्दै आएका नियमित कार्यक्रम यथावत रुपमा संचालन गर्नु क्याम्पसको दायित्व रह्यो । खर्चको शीर्षक घटेनन् तर बढेको अवस्थामा रह्यो भने मित्रराष्ट्रले निर्माण गरेका भवनको संरक्षण र मर्मत गर्दा पनि खर्चको शीर्षक थपियो । यसरी अध्ययन गर्दा आर्थिक खर्च बाझिलो बन्दै गयो भने आम्दानी सोही गतिमा बृद्धि हुन नसक्दा वर्तमान अवस्थामा क्याम्पसको आर्थिक अवस्था नाजुक बन्दै गएको छ ।
भावि लक्ष्य र चुनौती

भावी कार्यक्रम (लक्ष्य) हरु

(क) गुणात्मक शिक्षाका लागि आगामी पाँच वर्ष भित्रमा त्तब्ब् को मान्यता लिन
प्रक्रियामा प्रवेश गर्ने ।
(ख) यस क्याम्पसमा व्यवस्थापन संकायको रुपमा व्यवस्थापन विषयको सम्बन्धन यसै
शैक्षिक सत्र भित्रमा लिने ।
(ग) ै स्नातकोत्तर तहको कक्षा आरम्भ गर्ने ।
(घ) आगामी दुई वर्ष भित्रमा त्रिभुवन क्याम्पसको नाममा पनि जग्गा खरिद गर्ने ।
(ङ) शैक्षिक संस्थालाई अझै गुणात्मक शिक्षातर्फ अग्रसर गराउँदै स्वस्थ शैक्षिक प्रतिस्प्रधा
गर्न सक्ने जनशक्ति उत्पादन गर्ने ।
(च) पुस्तकालयलाई बढी व्यवस्थित गर्ने ।
(छ) गोष्ठी सेमिनार संचालन गर्ने ।
(ज) इलाईबेरी कार्यक्रम व्यवस्थित गर्ने ।
(झ) विषयगत रुपमा खेलकुदका लागि आवश्यक सामग्री व्यवस्था गर्ने ।
(ञ) विश्वविद्यालय अनुदान आयोगलाई अनुरोध गरी यस क्याम्पसलाई आवश्यक पर्ने
फर्निचर एवं मार्करवोर्डको व्यवस्थापन गर्ने ।

यस क्याम्पसको नाममा भविष्यको आंकलन गर्दै वर्तमान अवस्थालाई आधार मानी थालनी गरिएका धेरै पक्षमा सुधारीएका कामहरु धेरै भएका छन् । त्यसैले वर्तमान अवस्थाका सवल पक्षहरुलाई देहाय निम्न हनुसार भएको पाईन्छ ।

सबल पक्षहरु

(१) क्याम्पस अनवरत संचालन भएको एक सामुदायिक क्याम्पस हो ।
(२) पहाडी भुभागको उच्च शिक्षाको सर्वशुलभताको अवसर मिलाउनु ।
(३) क्याम्पसको आफ्नै सुविधा सम्पन्न भवन निर्माण हुनु ।
(४) खेलमैदान पुस्तकालय र फर्निचरको उचित व्यवस्था हुनु ।
(५) क्याम्पस सम्म आवतजावत गर्न सकिने यातयातको सुविधा हुनु ।
(६) पिछडिएको जनजाति महिलाको लागि घरदैलोमा उच्च शिक्षाको अवसर प्राप्त हुनु ।
(७) विषयगत शिक्षकहरुको व्यवस्था हुनु ।
(८) स्थानीय संघसंस्था एवं शुभचिन्तक अभिभावकहरुबाट चन्दा र अनुदान स्वरुप आर्थिक
सहयोग प्रप्त हुनु ।
(९) प्रत्येक वर्ष अभिभावक भेला गराई क्याम्पसको वस्तुस्थिति वारे जानकारी गराउनु ।
(१०) दूई पटकसम्म स्वर्ण पदक प्राप्त गर्न सफल हुनु ।