Introduction

Introduction

तनहुँ जिल्लाको उत्तरी क्षेत्रको भानु न.पा. लमजुङ्ग जिल्लाको सुदुर दक्षिणी क्षेत्र सुन्दर बजार नगरपालिकासँग जोडिएको छ भने नाउदी र पाउदी खोलाले यी दुई जिल्लाको सिमानाको काम गरेको छ । नाउदी र पाउदी खोलाको अति रमणीय स्थान भानु न.पा. वाड नं. ११ मानेचौका बजारमा त्रिभुवन क्याम्पस अवस्थित छ । नेपाल सरकारको उच्च शिक्षाको पहूूँचलाई सर्भसुलभ तरिकाले देशको सबै जनतालाई अवसर प्रदान गर्ने उदार निती अनुसार यही अवसरलाई उपयोग गर्ने उद्देश्यका साथ यस क्याम्पसको मिति २०५६ सालको शैक्षिक सत्रबाट कक्षा सञ्चालनको प्रक्रियाका साथ यही मानेचौका बजारमा स्थापना भएको थियो । पहाडी जिल्लामा रहेको यस क्याम्पसले आजसम्म करीब चार सयको संख्यामा स्नातक तहको शैक्षिक जनशक्ति उत्पादन गरेको छ ।
क्याम्पस रहेको स्थान भौगोलिक हिसाबले हेर्दा पहाडको बेसीको भाग हो । हावापानी अति स्वच्छ जाडो गर्मीको खासै महसुस नहुने नाउदी र पाउदी खोलामा बाह्ै महिना पानी बग्ने यी दुई खोलाको संगम स्थान भएकाले जो कोही पनि नयाँ आगन्तुकहरुलाई पनि रमाइलो लाग्ने गरेको अति रमणीय स्थान हो । उत्तरतर्फ सीधै हिउँले ढाकेका डाँडाको मनोरम दृश्य होचा अग्ला पहाडको रमाइलो सौन्दर्यता देख्न सकिने स्थानमा क्याम्पस भवन रहेको छ । कालीमाटी कुन्छा मोटर मार्गले यसलाई छोएको हुँदा आवतजावत गर्न कठिनाई छैन । भारत सरकारको सहयोगमा निर्मित २८ कोठा भएको क्याम्पसको सुविधा सम्पन्न भवन रहेको छ । धैरे पहिला मोटर बाटो नहुँदा काठमाण्डौ पोखराको मुख्य पैदलमार्ग भएको र एउटा ठूलो व्यापारिक केन्द्रको रुपमा रहेको मानेचौका बजार बर्षातको नाउदी पाउदी खोलाको बाढी बेला बखतको आगलागी कारणले गर्दा धेरै व्यापारीहरु पछिल्ला समयमा पलायन भएतापनि अहिले. पुनः नयाँ बजारका रुपमा अझ विकसित रहेको अवस्था छ । क्याम्पस सँगै त्रिभुवन उ.मा.वि. छ । यो मा.वि. २०१५ सालको प्रा.वि. र २०२८ को मा.वि. र २०४९ को उ.मा.वि. हो । यही मा.वि. को कारणले गर्दा यहाँ स्नातक तहको क्याम्पस स्थापना भएको हो । क्याम्पसको गेट देखि नै नाउदी र पाउदी खोलाको संगम स्थानमा लमजुङ्गको सुन्दरबजार नगरपालिका जोडने करिब १५० मीटर लम्बाई भएको टावर युक्त मान्छे आवत जावत गर्ने पक्की पुल छ । यो पुलले अझै यसको शोभा बढाएको छ । क्याम्पस र विद्यालय रहेको जग्गाको क्षेत्रफल लगभग ५० रोपनीको छुट्टै एउटा सानो उपत्यका छ । यसको हाताभित्र हरियाली विभिन्न जातका बोटविरुवा छन , चौतारो , बगैचा, खोला, बजार र बाटोले क्याम्पसलाई घेरेको छ भने यी शैक्षिक संस्थालई पाँचवटा गेट सहितको पक्की कम्पाउण्डले घेरेको छ । साथै क्याम्पस र विद्ेयालयको पनि छुट्टाछुट्टै कम्पाउण्ड गरिएको छ । साथै क्याम्पस हाताभित्र एम्बुलेन्स राख्ने छुट्टै स्थान छ । मानेचौका बजार टोलको नामांकरण सम्बन्धमा एउटा सरकारी कर्मचारी र उसले निर्माण गरेका चारकुने चौताराबाट –मानिक चौताराबाट) मानेचौका रहेको भनाई छ । धार्मिक प्रक्रियाबाट प्राथमिक शिक्षा र महायज्ञबाट नै क्याम्पसको शिक्षाको सुरुवात भएको हो । वर्तमान अवस्थामा क्याम्पसमा एक वर्षे वि.एड कार्यक्रम र तीन वर्षे वि.एड कार्यक्रम संचालन भइरहेको छ । त्यसैगरी लमजुङ्ग, तनहू , मनाङ्ग, चितवन जिल्लामा नेपालका विभिन्न जिल्लाबाट आई शिक्षा आर्जन गरिरहेको अवस्था छ । यो पूर्वाञ्चल विश्विद्यालयबाट सम्बन्धन प्राप्त यस क्याम्पसलृ दुई पटकसम्म स्वर्ण पदक हासिल गरेको छ भने यसका उत्पादकहरु निजामति , प्रहरी , सेना र धेरैजसो शैक्षिक क्षेत्रमा रोजगारमा छन् । छिमेकी जिल्लाको विभिन्न तहको शिक्षण पेशामा आवद्ध शिक्षकहरु यस क्याम्पसका उपज भन्दा कुनै समस्या नहोला । त्यसैले यसले शैक्षिक जनशक्ति उत्पादन गरी राष्ट्रलाई ठुलो सहयोग पु¥याएको छ ।